तु मान्छे जुटायौ कसोरी तिमीले
संसारै फुटायौ कसोरी तिमीले
नशाको नदीमा डुबेरै मरेको,
मलाई उठायौ कसोरी तिमीले
ऊ सीता मनै पारि त्यो रामले झै,
धनूषै टुटायौ कसोरी तिमीले
कलेजो भनेथ्यौ पहीले मलाई,
शरीरै छुटायौ कसोरी तिमीले
कुमारी भनेरै बस्याथ्यो समाजै,
जवानी लुटायौ कसोरी तिमीले
बहरे ‘मुतकारिब-मुसम्मन सालिम