दिनै पर्ने भयो हर सङ्ग्रामी उत्सर्ग
कति झेल्ने आफूमाथि भएको अन्याय
गर्ने के हो आश सबै निराश भैसक्यो
गरी क्यौँ रक्त–तन उदास गैसक्यो
दियो निभ्यो फेरि तेज दिनु छ सर्वत्र
रात निशा गई दीप छाउन यथार्थ
जब कोही बाटो दिन्न तब त बढ्दैछौँ
दिलबाट स्वर आयो त्यसैले चढ्दैछौँ
यत्न गरौँ यति धेरै कम्मर कसौँ लौ
नयाँ प्रभा आशालाई विपना बनाऔँ
लय २ +२ +२ +२, ३+३ जम्मा १४
२०७३ कार्तिक २३ मङ्गलबार
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौँ
[email protected]