सारा खुशी चाहनाहरू मार्दै हाँस्या छु
लाचार यी आँशुहरू झार्दै हाँस्या छु
हर्ष उल्लास् उमङ्ग जति कहाँ गयो खै
जिन्दगीलाई यता उता सार्दै हाँस्या छु
मुस्कुराउदै जिउने इच्छा हरेपछि दैवले
फुको मुस्कान दिदै आफै टार्दै हाँस्या छु
जीवन हो कि मृत्यु हो यो मर्दै बाँच्नुपर्ने
यो शरीरलाई दल दलमा ताल्दै हाँस्या छु
कहाँ पुगि टुंगिन्छ खै जिन्दगीको यात्रा
पल पल यो जीवनदेखि हार्दै हाँस्या छु
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई’