Skip to content

जापानमा कवि गोष्ठी तथा कृति विमोचन

  • by


अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा नव वर्ष २०६६ तथा जापानी फूल साकुराको हानामी पर्वको अवसरमा अप्रिल १९ आइतवार टोकियोमा छौटौं साहित्य श्रङ्खला तथा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदुत डा गणेश योन्जन तमाङज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमका अतिथिहरुमा अनेसासका केन्द्रीय अध्यक्ष डा कुमार वस्नेत, जनजाती महासंघका अध्यक्ष तथा एनआरएन जापानका उपाध्यक्ष ओम गुरुङ्, साझा संयन्त्र जापानका संयोजक मेघराज नेपाल, INCJका अध्यक्ष शालिकराम भण्डारी, नेकपा एमाले जापान प्रवाश कमिटीका प्रतिनिधि स्वतन्त्र पौडेल, शान्ति तथा लोकतान्त्रिक मञ्चका अध्यक्ष तथा पत्रकार भूषण घिमिरे, जनप्रगतिशील मोर्चाका सचिव जोन छन्तयाल, NRN ICC महिला प्रतिनिधि गायत्री पौडेल आदिबाट शुभकामना मन्तब्य तथा साहित्यिक रचना सुनाइएको थियो ।

प्रमुख अतिथिको आसनबाट महामहिम डा योन्जनले साहित्यिक कार्यक्रममा उपस्थिति हुन पाएकोमा प्रशन्नता प्रकट गर्दै सामाजिक परिवर्तनमा साहित्यले खेल्न सक्ने भूमिकाको सम्बन्धमा चर्चा गर्नु भयो । अनेसासका केन्द्रीय अध्यक्ष डा बस्नेतले अनेसासको भावी कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।

आयोजक संस्थाका अध्यक्ष वेलु थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जापानबासी २२ जना नेपाली कविहरुद्धारा रचित हाइकु संग्रह ‘हाइकुमाला’को विमोचन समेत भएको थियो । विमोचित कृति ‘हाइकुमाला’का प्रधान सम्पादक प्रकाश पौडेल माइला तथा सम्पादक भीष्म सुवेदी रहनुभएको छ ।

२ चरणमा सन्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत दोश्रो चरणमा जापानमा रहेका र अन्य मुलुकबाट समेत प्राप्त भएका रचना बाचन गरिनुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश पौडेल माइलाद्वारा जापानी हाइकुका सम्बन्धमा खोजमुलक कार्यपत्र पनि प्रस्तुत गरियो ।

अनेसास जापानद्धारा हरेक तीन तीन महिनामा चरणवद्ध रुपमा आयोजना गरिदै आएको साहित्यिक भेट्घाट अन्तरगत यो छौटौं साहित्य श्रृङ्खला हो । कार्यक्रममा उपस्थित भएर आ-आफ्ना रचना वाचन गर्ने कवि कवयित्रीहरूमा दिनेशराज ज्ञावाली, भीष्म सुवेदी, छक्कु उदासी, स्वतन्त्र पौडेल, चिन्तामणि मरहठ्ठा, पुष्करजंग थापा, शशि वि क, गायत्री पौडेल, धिषण निरौला, सपना निरौला-पोखरेल, दिवाकर ज्ञावाली, देवी इङ्गनाम, चण्डी सुवेदी, आलोक चालिसे, प्रकाश पौडेल माइला, कुमार वावु सिंखडा आदि हुनुहुन्थ्यो । कार्यक्रमका लागि इमेलवाट रचना पठाउनेहरुमा वेल्जियमवाट कृष्ण बजगाईं, इजरायलवाट सुनिल संगम, कतारबाट लेखराम सापकोटा, लमजुङबाट डा हेमनाथ घिमिरे, मियाजाकी जापानबाट रविन्द्र ढकाल, काठमाडौं बाट ॠषिराम अर्याल, क्यलिफोर्नियाबाट शेखर ढुङेल आदि हुनुहुन्थ्यो ।

आलोक चालिसेको संचालन रहेको उक्त कार्यक्रममा मझेरी डट कमका संचालक कुमार वावु सिंखडाले विमोचित कृति ‘हाइकुमाला’को समालोचना तथा प्रधान सम्पादक प्रकाश पौडेल माइलाले पुस्तकमा समाविष्ट सामग्रीमाथि प्रकाश पार्नु भएको थियो ।

अनेसास साहित्य श्रृंखलामा वाचित रचनाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *