Skip to content


परिकल्पनामा बनाएको मूर्तिलाई भगवान ठान्छ मान्छे
निर्जीव मूर्तिलाई मिष्ठान्नको भोजन चढाई खुशी हुन्छ मान्छे

कू कर्मको प्रयश्चितको चाहनामा पशुबली भन्दै जनावर मारी
नखोज भन्छु तिमीलाई स्वर्ग पुग्ने बाटो यी गलत काम गरी

खोल तिम्रो आँखामा बाधिएको धर्मको पट्टी भो अब नलगाऊ
अनुरोध छ मेरो भगवान पुजागर्ने नयाँ बिधी र शैली अपनाऊँ

निकाल अति भो ती तिम्रा कानमा ठोकेका धर्मका ठेटीहरू
त्यति बेला मात्र सुन्ने छौ तिम्रो वरिपरिको भोका रोदनहरू

आऊ सबै मिलौ हटाऊँ सबै मिलेर त्यो भोको पेटको रोदन
मूर्तिलाई होइन आजै देखी भोका पेटहरूलाई दिऊँ भोजन

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *