Skip to content

गजल

इच्छा अनि चाहानालाई, कतै फालेर
आफ्नो मनलाई राखेँ, मनले टालेर

दियोले जस्तै उज्यालो, बनाउनु पर्ने
आफ्नो जिन्दगी स्वयं, आफैले बालेर

बिहानी पैलो किरण, सँगै मुस्कुराउँछु
रातभर झरी जस्तै, आँसु खसालेर

उस्तै रह्यो निधार, कहिल्यै फेरिएन
हेरेकै हुँ प्रवासको, पानीले पखालेर

खोज्दैछु अझै खुशी, कसैको निम्ति
हरपल आफ्नो खुशी, हवनमा हालेर

Mongolian Samrat
तसर्पु-९ धादिङ्ग सल्ले
हाल- साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *