आए बथान नेताका चुनावमा भोट मलाई भनी
दौडिरहेछन् गाउँगाउँमा जनता फकाउँदै यिनी
आश्वासन विकासका गाँऊमा छर्न पछि परेनन्
दिएकै हो भोट पहिले पनि विकास शून्य गरेनन्
आयो चुनाव जब छिमेकमा वैरीभाव बढ्दो छ
सम्बन्ध रगतकै नातामा पनि विश्वास घट्दो छ
थियो राष्ट्र ध्वजा गौरव धुरीमा निकालेर राख्दछ
बेग्ला बेग्लै तिरंगा दलका घरकै धुरीमा गाड्दछ
सिकाउँदैछौं संस्कार गलत युवा पिंढीलाई हामी
मातृभूमिभन्दा बढी माँया दलको राष्ट्रवाद भनी
लगाई आगो भत्काउँछ संरचना युवा जोशले हो कि
विकास गर्छु भन्दै खोक्छ उही पार्टीको झण्डा बोकी
म्याँऊ बिराली बनी समाजमा देखिन्छन् नेता भनी
जिते कतै चुनाव यी बिराली गर्जिन्छन् सिंह बनी
समाज बदल्ने तिम्रो अस्त्र शक्तिशाली भोटै हो जान
तिमी हाँसे हाँस्छिन् नेपाल आमा असल मान्छे छान
बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी