लस्भेगस (अमेरिका ) – यात्रा
स्यान अन्टेनियोबाट , आयौँ अष्टिन कारमा।
उडीयो अष्टिनबाट , चढेर वायुयानमा ।
फ्रन्टिएर उठ्यो माथि, बोकी श्वान र मानिस।
बादल भित्र आकाश, पुर्यायो लस भेगस।
बसेर बसमा कारै, पार्किंड. पुगियो तब ।
चढेर कार भाडाको , प्याराडाइज होटल ।
केही विश्राम गरेरै ,खाना खाएर नै हिड्यौँ ।
भेगस कारमा कुन्नी , कुन कुना पुगी सक्यौँ ।
नतातो नचिसो कार, सुस्त सुस्त गुडी कन।
व्याख्या गर्दै सवै नाति, आफै तल्लिन देखाउन ।
न्यूयोर्क फ्रान्स मीश्रका, प्रतीक स्तम्भ नै पनि ।
नभमा नै उडेका ती, फोहरा जलका पनि ।
नर नारी घुमेका ती , झिली मिली जता ततै ।
छैन शव्द कुनै भन्न, बुझौँ आफै मनै मन।
जुवामा क्यासिनो खेल्नै , आएका महिला पनि ।
विदेशी देशवाशी ती, आएका खेल्न नै भनी ।
१/१०/०१७