Skip to content

साँचो छ तिम्रो भक्ति


साँचो छ तिम्रो भक्ति, सारा भक्त भन्छन्
रुदै आउँछन यहाँ, हाँसी-हाँसी जान्छन्

तिमी भक्तलाई सधैं संकटबाट बचाउँछौ
साचो छ तिम्रो शक्ति, सारा भक्त भन्छन्

मलाई यहाँ कष्टले सताउँदा आयौ तिमी
तिमीलाई सबै थोक सारा भक्त मान्छन्

न नाम लिन्थे मैले न काम मेरो बन्थ्यो
तिमीलाई सबैथोक सारा भक्त छान्छन्

तिम्रो नाम भक्तको तक्दिरको चाबी हो
तिमै नामको माला जपी प्रसाद खान्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *