Skip to content

परेली मै छौ कि कसो, माया भनी देखछु

परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु

केही दिन भो भेट न भाको, बर्सौं बिते जस्तो लाग्यो
मिठो मिठो सम्झना मा, सधैं रमि रहुँ जस्तो लाग्यो

तिमी लाई भेट्न भनि, भिडहरुमा धाउछु
तिमी लाई हेर्न भनि, हिउँद भै आउंछु

सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु
परेली मै छौ कि कसो, तिमी नै तिमी देख्छु

तिमी सित सधैं भरी कल्पना मा कुरा गर्छु
कहिले चद्छु उकाली त कहिले बेसी झर्छु

यि मिठा मिठा याद हरु, गीत बनाइ गाई दिन्छु
परेली मै छौ कि कसो, माया भनी देखछु

3 thoughts on “परेली मै छौ कि कसो, माया भनी देखछु”

  1. छक्कु उदासी

    हाम्रो नेपाली भाषा र
    हाम्रो नेपाली भाषा र साहित्यको समरक्षण र सम्बर्दन गर्ने र उच्च सम्मान गर्ने हामी सबैको अहम कर्तब्य हो । त्यसैले मझेरी जस्तो पबित्र स्थलमा अपशब्द र उपहाशी भाषा देख्न सुन्न नपरोस । साथै आफ़्नो मौलिकता भनेको आफ़्नै ढुकढुकी हो । आफ़्नो ढुकढुकीलाई अरुको मौलिकतामा बेच्ने काम गरी नेपाली भाषा र साहित्यमा आंच ल्याउने काम चाहि झुक्केर पनि नगर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *