Skip to content

मैले बाआमा त्यागेर रोजेको

  • by


मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई
मनकी त साह्रै कुरुप रैछे रुपमा त साह्रै राम्री थिई

बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फूल हो भनेर
आमाले भन्थिन् ए छोरा! बैंशको ठुलो यो भूल हो भनेर
सुनिन मैले कसैको कुरा माया नै मेरोसबथोक भनेर

माया गरेथें संसारै भुली म प्रेमको साह्रै अन्धो बनेर
खेलौना सम्झी खेलाई छाडी मलाई उसले सोझो देखेर
के थाहा मलाई यो हाँसो भित्र यति ठुलो घात हुन्छ भनेर

शब्द, संगीत – हरिहर खनिया
स्वर – स्वरूपराज आचार्य
एल्बम – दोष

Leave a Reply

Your email address will not be published. Required fields are marked *