Skip to content

तिमी भन्छ्यौ चिल्ला गाडी पजेरोमा चढाउछ्यौ नि

तिमी भन्छ्यौ चिल्ला गाडी पजेरोमा चढाउछ्यौ नि
तिमी भन्छ्यौ डाँडा पारी सहरमा उडाउछ्यौ नि।।१।।
सुख महलमा मिल्छ झुपडीमा दिन सक्दिन म
तिमी भन्छ्यौ कोसौं पारी समुन्द्रमा डुलाउछ्यौ नि।।२।।
गुन्द्रुक ढिडो खाइ आफ्नै घरमा रमाउ भन्दा
तिमी भन्छ्यौ पाँच तारे होटलमा पुर्याउछ्यौ नि।।३।।
पाउन गाह्रो हुन्छ सानू सोचेजस्ता कुराहरु
तिमी भन्छ्यौ चिल गाडी विमानमा उडाउछ्यौ नि।।४।।
पैदल नि हिड्नु पर्छ गाउँको तिम्ले कच्ची बाटो
तिमी भन्छ्यौ कालो पत्रे सडकमा हुइकाउछ्यौ नि।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *