Skip to content

छाउगोठ मसाऊ सरकार

SubashRai


ए सरकार
मेरो सानो अनुरोध
यो नेपालमा
गाई गोठ बचाऊ
भेडीगोठ बचाऊ
तर
तर यो ज्यान लिन
छाउगोठ मसाऊ सरकार ।

सरकार
मैले उत्तर नपाएको प्रश्न के भने
सरकारको हात लामो छ
शक्तिशाली छ
र पनि किन यतिका वर्षहरुसम्म
छाउगोठको अगाडि कामिरहेको छ ?
वीर गोरखालीको सन्तान
नेपाल आमाको स्वभिमानको लागि
शत्रुहरुलाई पराजित गर्ने हिम्मत
जाबो त्यो ढुंगाको छाउगोठसँग किन हारिरहेको छ ?
शहरको गल्लीहरू सडक बनाउन
हजारौँ कंग्रिड डलन घरहरू भत्काउन सक्ने
यो ढुंगा र माटो बनेको छाउगोठ
भत्काउन किन डराइरहेको छौ सरकार ?

प्रत्येक साल कयौँ दिदीबहिनी अनि आमाहरुले
आन्धविश्वासको त्यो मन्दिरमा
आफ्नै ज्यानको बलि दिएरहेका छन्
त्यै घटनाले कयौँ मन तर्सिइरहेका छन्
कयौँ घर भत्किरहेको छ
तर सरकार किन चुपचाप छौ सरकार ?

सरकार
यदि देश र जनाताको लागि यो सरकार हो भने
एक नजर छाउगोठतिर पनि लगाऊ
अकालमा ज्यान लिने
ती छाउगोठहरू एकाएक मसाउ
खाउँ-खाउँ लाउँ-लाउँ उमेरका
हाम्रा दिदीबहिनी आमाहरुको ज्यान जोगाऊ सरकार ।

सरकार
मेरो फेरि पनि विनम्र अनुरोध
यो नेपालमा
गाई गोठ बचाऊ
भेडीगोठ बचाऊ
तर
तर यो ज्यान लिन
छाउगोठ मसाऊ सरकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *