Skip to content

कुवा को भ्यागुतो र म

सानो कुवालाई बिशाल संसार मान्ने भ्यागुत्तो
हो ! आज पनि भोलि पनि
यहि भनिरहन्छ
संसार सानो छ ! कुवामा सिमित छ !
ट्वार्र ट्वार्र गर्छ थर्काउछु भन्छ
देख्छ सानो संसार
आफ्ना साना आखा हरु ले अनि भनिरहन्छ
संसार सानो छ ! कुवामा सिमित छ !!
उफ्रिन्छ, पछारिन्छ अनि फेरी फर्कन्छ
पर्छ जहाको त्यहीं
कहिल्यै धार्नी नपुग्ने बिचरा भ्यागुत्ता हरु
रोहि रहु, कराइ रहु अनि थर्काइरहु
अनि भनि रहु
संसार सानो छ ! कुवामा सिमित छ !!!
उडिरहेको हवाईजहाज मुनिको छायाँ लाइ
शितलता का लागि प्रयोग गर्ने
त्यसमै हेरेर रमाइरहने एउटा मान्छे
हो ! त्यहि मान्छे हु म
सायद भ्यागुत्तो जस्तै
मलाइ पनि लाग्छ
संसार सानो छ ! कुवामै सिमित छ !
कुवा सानो छ ! दलदल मा भासिएको छ !
आफ्नै परिवेश मा सिमित छ ! संसार सानो छ !!!!

केवलपुर-६, धादिंग !

Leave a Reply

Your email address will not be published. Required fields are marked *