Skip to content


वसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै

रहेसम्म मेरो प्राण यही देह सँगै
सबै जना बास बस म नेपालसँगै ।

घैया कोदो जौ फापर तीन महिना सधैं
हिमालका नेपालीलाई जोड तराई सँगै ।

गर्मी बढ्यो मन डढ्यो खेल हिउँसँगै
दुःख पीडा हर्ष आँशु साट सँग-सँगै ।

जन्म हाम्रो मानवको मानव धर्मसँगै
बुद्ध सीता भृकुटीलाई राख मनमा सधंै ।

हिमालको स्याउ टिप्न आऊ साथ-साथै
धान चामल स्याउ साट साट आफ्नो सँगै ।

तराईको गर्मी छल्न उक्ल चामलसँगै
जडीबुटी औषधी लिई झर तराईतिरै ।

दूध दही बाख्रापालन गर पहाडसँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै ।

ऐंचोपैंचो आफूभित्र तिनै जनासँगै
हिमाल पहाड तराईको नाता गाँस सधैं ।

प्रकृति र कला कृति संरक्षणमा सधैं
मेल मिलाप गरी बस जन्म दातासँगै ।

चेतनाको प्रयोग गर मानव धर्मसँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमासँगै ।

4 thoughts on “आमाको वाणी”

  1. वसन्तजी,
    रचना एकदम सरल शब्दमा

    वसन्तजी,

    रचना एकदम सरल शब्दमा लेखिएको छ तर भाव भने उच्च छ। सायद संगीत भर्नको निमित्त संगीतकारलाई सजिलै पर्ला जस्तो लाग्छ। राष्ट्रिय भाव व्यक्त भएको र त्यसमाथि पनि अहिलेको परिपेक्षमा सार्थक सन्देश दिएको छ। विशेष मन परेको कुरा चाहिं सन्देशमुलक भाव नै हो।

    तपाईंका अधिकांश रचनाहरू गजल भएको हुनाले यसपटक पनि गजल नै पठाउनुभयो कि जस्तो लाग्या थियो, तर रदिफ काफिया हेर्दा अलि नमिलेको हो कि जस्तो लाग्यो। कता कता गीति कवितामा पनि वर्गीकरण गर्न मिल्थ्यो तर राष्ट्रिय भावना ओतप्रोत भएकोले राष्ट्रिय कवितामा राखिदिएको छु। जे भए पनि, महत्त्वपूर्ण कुरा यसले पाठकलाई कत्तिको प्रभाव पार्न सक्छ भन्ने हो। जहाँसम्म लाग्छ अन्य पाठक पनि, यस पद्यको उच्च मूल्यांकन गर्नुहुन्छ जस्तो लाग्छ।

    — कुमार

  2. बसन्त मोहन अधिकारी जी
    कबिता

    बसन्त मोहन अधिकारी जी
    कबिता साह्रै राम्रो लाग्यो । निरन्तर पढ्न पाउने आशा छ ।
    तपाईं सँग ब्यक्तिगत कुरा,
    तपाईं को घर गुन्जनगर-९ हो जस्तो लाग्छ । मेरो नि पहिला ९ मा थियो तर अहिले ४ मा छ । एकै ठाउँ को भयर पनि राम्ररी परिचय हुन सकेन । त्यसैले ब्यक्तिगत चिन्जान को लागि ईमेल पाउने आशा मा छु ।
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *