Skip to content

उसको र मेरो


उसको र मेरो, लाह्सा फरक छ
सुन जोड्ने सुत्र र, आशा फरक छ

म जीवन बोल्छु,उ राजनीति बोल्छ
उसको र मेरो, भाषा फरक छ

उस्को व्यवहार र, भाषण अर्कै
उस्को र मेरो,अभिलाषा फरक छ

ऊ तारेर खान्छ, म फारेर खान्छु
भोजनको अन्तर,खासा फरक छ

म दौरा र सुरुवाल, आफ्नै हो भन्छु
ऊ टाई सुट लाउँछ, ढासा फरक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *