Skip to content


बलेसिमा पानी झर्यो बर्षा लाग्यो कि
आँखाबाट आँसु झर्यो माया मार्यो कि

सम्झनाको आंधी चल्यो बढ्यो याद झन
एकोहोरो उसकै यादमा तड्पी रन्छ मन
बिर्सिएर निस्ठुरी भै बचन नाघ्यो कि
आँखाबाट आँसु झर्यो माया मार्यो कि

के के सोचें के के सम्झें पुगें कहाँ निर
बल्झिएर गिन्दगानी दुख्यो यहाँ निर
दुखाइले पनि मिठो साथै माग्यो कि
आँखाबाट आँसु झर्यो माया मार्यो कि

स्वर- सपना श्री
संगीत- जुगल डंगोल
शब्द- सुनिल संगम
गिती एल्बम- इच्छा

6 thoughts on “बलेसिमा पानी झर्यो”

  1. के के सोचें के के सम्झें
    के के सोचें के के सम्झें पुगें कहाँ निर
    बल्झिएर गिन्दगानी दुख्यो यहाँ निर
    सुनिल जी , कल्पना को संसार र यथार्थ लाई कती सजिलो सँग राखिदिनुभो सरल रुपमा

  2. बलेसीको पानी र आँखाको आँसुलाई
    बलेसीको पानी र आँखाको आँसुलाई दाँज्नुभएको राम्रो लाग्यो। पहिलो अन्तरा नेपाली संगीतमा अलि धेरै नै प्रयोग भएका शब्दहरू थुप्रिएको हो कि जस्तो लाग्यो। दोश्रो अन्तराजस्तै पृथक प्रेजेन्टेसन् गरेको भए अलि राम्रो हुन्थ्यो कि! अनि तपाईंको गीतहरू श्रवण गर्ने केही उपाय छन् कि संगमजी? कहाँ भेटिएला?

    –Kumar

  3. दुखाइले पनि मिठो साथै माग्यो
    दुखाइले पनि मिठो साथै माग्यो कि
    आँखाबाट आँसु झर्यो माया मार्यो कि

    हो सुनीलजी, माया गर्ने मन दुख्दापनि,
    आँसु झर्दापनि साथ माग्न र मायाको अपेक्षा गर्न
    कहा छोड़ छ र? बरु जुनीजुनी सम्म प्रतीक्षामा आखाहरु विछ्याईरहन्छ !

  4. मझेरी मा बेजोड रोधी र
    मझेरी मा बेजोड रोधी र सँगोष्ठी जम्न थालेको छ । सबै शसक्त स्रष्ठाहरुमा मेरो सलाम ।

  5. संगम जी,
    गीत मिठो छ ।

    संगम जी,
    गीत मिठो छ । सुनी राखेको गीत हो । गीतका केही हरफहरु सम्झिन चाहन्छु ।
    के के सोचें के के सम्झें पुगें कहाँ निर
    बल्झिएर गिन्दगानी दुख्यो यहाँ निर

    दुखाइले पनि मिठो साथै माग्यो कि
    आँखाबाट आँसु झर्यो माया मार्यो कि

    प्रकाश

  6. के के सोचें के के सम्झें
    के के सोचें के के सम्झें पुगें कहाँ निर
    बल्झिएर गिन्दगानी दुख्यो यहाँ निर
    दुखाइले पनि मिठो साथै माग्यो कि
    आँखाबाट आँसु झर्यो माया मार्यो कि

    kati ramro antara hai sunilji………………
    pls contact [email protected]
    kedar shrestha’gagan’

Leave a Reply

Your email address will not be published. Required fields are marked *