Skip to content


अग्लो भूभाग
थुप्रै थुप्रो, चाङ्गका चाङ्ग, रासका रास
थुपारिएको ठाउँ
त्यो माटोको पनि हुनसक्छ
ढुंगा र बालुवाको पनि हुनसक्छ
अथवा दुखै दुखको पनि हुनसक्छ
पीर र वेदनाहरुको पनि हुनसक्छ
जहाँ होचो छ
त्याहाँबाट देखिन्छ पहाड
जीवनको भोगाई र
अनुभूति भित्र पनि
अनगिन्ती पहाडहरू खडा भएर उभिन्छन
दुखै दुखका पहाडले थिचिएर
थंगथिलो हुन्छ मान्छे
पीडा र वेदानाका पहाडहरुले घेरिएर
कहिल्यै उठ्न नसक्ने गरी
जीवनभर थला परिरहन्छ मान्छे
पहाड सुख र सन्तापको
विम्ब पनि हो
जहाँबाट न्यानो ताप र शीतलताको
अनुभव गर्न सक्छ
पहाडबाटै पर परसम्म देख्न बुझ्न र
जीवनको अनुभूति गर्न सकिन्छ
तसर्थ
केवल भौतिक संरचनाको
अश्तित्व मात्र नभएर
हरेक मान्छेको मन भित्रको
सुख दुख र जीवन भोगाईको
सिंगो अनुभूतिको प्रतिक हो पहाड

राजकुमार पुडासैनी

1 thought on “पहाड”

  1. ही ही
    दुख अनुभुती को पहाड
    त्यो पहाडको बोझ बोक्नेले
    मात्र देख्छ ।
    तर हरेक मान्छे सन्ङ
    आफ्नै आफ्नै पहाड हुन्छ
    ही ही

Leave a Reply

Your email address will not be published. Required fields are marked *