Skip to content

उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा


उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा
अनौठो मलाई रतिभर छैन
आफ्नो यौवनको भोक मेटाउन म तिम्रो रहरको
बाटो छेक्ने मान्छे होइन।
मेरो निश्चल प्रेम खै किन तिमीलाई
एउटा बिझाउने भुल भयो
अब त यो मेरो मुटु अरुको मायामा धड्कदैन
अब मायाको अनयासै अन्त्य भयो
खै! कसरी ब्यक्त गरौं म भिन्नछु अरु भन्दा भनेर
मान्छे हुँ म पनि विवश छु जिउन हजार-हजार गल्ती गरेर
म एक रहर रितिएकी जिउँदो लास हुँ
म एक योवन रितिएकी मात्र महसुस हुँ
उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा
अनौठो मलाई रतिभर छैन

1 thought on “उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *