Skip to content

उठ ! उठ बिहान भैसक्यो


उठ ! उठ बिहान भैसक्यो अब जाग्नुपर्छ जुट्नुपर्छ
हेर अब यो देश अब निक्कै निक्कै माथि उठ्नुपर्छ

तिमी मर्नकै लागि पनि जिन्दगीमा क्यै गर्न पनि(२)
अरे यार पैला त त्यो तिम्रो दिल धेरै दुख्नुपर्छ
उठ ! उठ बिहान भैसक्यो अब जाग्नुपर्छ जुट्नुपर्छ

तिमी बुद्ध जस्तै बन्न चाहन्छौ भने म भन्छु(२)
कै गर्नै पर्दैन केवल ढुक्क शान्तिसित सुत्नुपर्छ
उठ ! उठ बिहान भैसक्यो अब जाग्नुपर्छ जुट्नुपर्छ

मैले भ्रष्टचारीको चौकिदारी यसैले नगरेको हु(२)
जीवनभर कुकुर भएर भलाद्मिहरू पनि भुक्नुपर्छ
उठ ! उठ बिहान भैसक्यो अब जाग्नुपर्छ जुट्नुपर्छ

ओ ! मोदी तिम्रो दोषी बन्द नक्साहरुबाट अब (२)
निर्दोष कैदी जस्तै गरेर हाम्रो लिपुलेक छुट्नुपर्छ

उठ ! उठ बिहान भैसक्यो अब जाग्नुपर्छ जुट्नुपर्छ
हेर अब यो देश अब निक्कै निक्कै माथि उठ्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *