Skip to content

बिरामी बस्ती


यात्राभित्रको एउटा जिन्दगीमा
म डुल्दै गए सहरहरू
चारो खोज्न हिंडेको चरी झै

खै मैले के पाए
खै मैले के पाइन
भावनाको तराजुमा जोख्दा भावनाकै ढक्की थिएन

रित्तिएको धानको भकारी झै
मन भरी मुसाहरू खेलिरहेका थिए
कुदिरहेका थिए
चलायमान थिए

बस्ती बस्ती डुल्दा
अन्धकार अन्धकारमा पौडिदा
एउटा बस्ती आयो जहाँ थोरै उज्यालो थियो
लाग्यो केही सत्य थियो केही फरक थियो सबैभन्दा

सायद त्यो बस्ती बिरामी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *