Skip to content

सेखासेख हुँदैनथ्यो

कहाँ हुनु देखादेख हजुरको र मेरो
कता हुनु लेखालेख हजुरको र मेरो ।।

नदेखेझैं गरी हिंड्थें सधैं एउटै बाटो
रेखारेख हुँदैनथ्यो हजुरको र मेरो ।।

एकार्कामा हिंडेका थ्यौं आफ्नो लक्ष्य बोकी
हुँदैनथ्यो छेकाछेक हजुरको र मेरो ।।

फागु खेल्ने बहानामा रङ्गका लोलाहरु
हुँदैनथ्यो फेंकाफेंक हजुरको र मेरो ।।

आज हामी एकार्काका पूरक जस्ता भयौं
रहेन त्यो सेखासेख हजुरको र मेरो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *