Skip to content

विश्वबिध्वंसकारीको बिरोधमा


साउदी अरेबियाको मुजहद्दिन
ओसामा बिन-लादेन
र इराकका सद्दाम हुसेनलाई
खाडी मुलुकहरुको इन्धन उद्योगहरुमा
आफ्नो अधिकार जमाउन नपाएर
खेलाडी अमेरिकाले
लाख अरबौ डलर खर्चिएर
मृत्युडण्ड दिएर
अनि उनीहरुको सर्वनाश गर्यो।

म अहिले बारम्बार यो सोचिरहेछु
एउटा शङ्कास्पद मानिसलाई
खोजखान तलास
अनि अनुसन्धान गरी-गरी
ज्यान लिन सक्ने यो शक्तिशाली साम्राज्य
यो शक्तिशाली सरकार
किन कहिले पनि एउटा नरसंहार
र खुङ्गखार मानवताबिरोधी जनावारलाई
सखाप पार्न सक्दैन यार?

आज अमेरिकाले हार बेहोरेको छ
दोश्रो होनाहार देशले पनि हारेको छ

ऊ सारा संसार विश्वभर
खुलेयाम प्रेतशक्ति लिएर
दुनियालाई दुख दिएर
आज आजाद हिंडिरहेको छ
तर पनि किन भगवानहरुले पनि
उसलाई परास्त गर्न सकिरहेको छैन?

ऊ कुनै हिटलर हैन
ऊ कुनै इदि अमिन हैन
ऊ कुनै पेन्टागन र ट्विनटावर पड्काउने लादेन हैन
ऊ इराक हल्लाउने हुसेन हैन ।

तर पनि
उसको केवल नामले नै मात्र पनि
आज यो सिङ्गो संसार थरथर कापिरहेछ
खै कहाँ छन्
आफूलाई बहादुर राष्ट्रभक्त भन्ने
सिपाही कमान्डरहरु?
घर घरमा खुद चोरडाकाहरू पसेर
कमजोरहरुको ज्यान धन
र माल समानहरू लुटिरहेछ
तर पनि किन तालिवानहरू
झैसम्म पनि मौन नै बसिरहेछन्
मैले बुझ्नै सकिन यार एउटा गद्दारलाई
अन्तराष्ट्रिय अदालत गृहप्रशासन र कानूनले पनि किन
अन्याय र अत्याचार गर्नेलाई समाएर
अनि
कारागारमा ल्याएर
फादीको सजाय दिन सक्दैन यार
कैतै भगवानहरू भ्रष्टाचारी भएर नै पो हो कि?

क्रान्तिकारी मुक्तियोद्धा चेग्वेभारा हैन ऊ
नत बैज्ञानिक अल्फ्रेड बनाहर्ट नोबेल नै
एउटा खुङ्गखार आतङ्ककारी अनि अपराधी हो ऊ
जो भोलि तपाईं हाम्रै गाउँ सहरमा पनि भेटिन सक्छ
यदि यस्तै हो भने भोलि ऊ घर घरमा भेटिन सक्छ
आइन्सटाइन र अल्फ्रेड बनहार्ट नोबेलको अणुबम
र बारुदभन्दा पनि खुङ्खार
यो सारा संसार हल्लाउँछु भन्दै
बारम्बार अहङ्गकार
अनि सदरमुकाममा
आफ्नो नाम प्रचारप्रसार गर्दै
सोधासाधा र निर्धाहरुलाई डर देखाउदै
हर प्रहर हिडिरहेछ ऊ आजाद आज
गस्तीहरू झै गरेर
रोगी र सुकुम्बासीहरुको बस्तीहरुमा
एउटा खुङ्खार गुन्डा
मानवता बिरोधी माफिया
एउटा घटिया टेरोरिस्ट!

गरीबको झुपडी
अनि अनिकालमा अभाव र दुखै दुखका डोका र
खिड्कीहरू खोल्दै
दरिद्र दुनियालाई पिरोल्दै
र बेरोजगारहरुको दरवाजाहरू धकेल्दै
सामुद्री लहर बनेर बोलाइरहेछ
गरीबका घर आगनहरुमा
अँझै अवसर खोज्दै आइरहेछ
निश्चय सुकुमवासीहरुको दैलो उघार्दै
हावा र बतासको बेगहरुमा
वायुलहर र आकाशमा एकसाथ उठाएर
अनि ऊ आएर
सारा रहर र सपनाहरू लानेछ
उनीहरू जिन्दगी उजाड बनाएर जानेछ
विशाल आधी तुफानहरुमा
अनि हामीहरुलाई एकचिहान बनाएर
हामीहरुको समाधी बनाएर
हाम्रो ज्यान लिएर जानेछ
हाम्रै बस्तीहरुबाट ।

अस्ट्रेलियाको जङ्गलमा दङ्किएर
दनदन सल्किएर लागिरहेको
भीषण आगोलागि झै बनकर भएर आउनेछ
ऊ जर्मनको रणशासक हिटलर भएर आउनेछ

अनि अहिले ऊ सहरमा जङ्गली सर्पको जहर भएर आएको छ ।

हातहरुले सामात्न नसकिने आँखाका नजरहरुले
छुन नसकिने
अनि उत्पात अदृश्य अपराधी भएर आउनेछ ऊ
र ऊ आएर अनि
पीडितका शान्त प्रान्त
सम्वेदनशील हृदय
र दुखी दिलहरुलाई
भयभीत र आक्रान्त बनाएर
ऊ एउटा मसान झै
अनि इन्सानको मन मुटु र फोक्सो खाएर जानेछ।

उसलाई समाएर कारागारमा थुन्नुहोस सरकार
थुन्नुहोस सैनिक कमान्डर
हर निर्दोष नागरिकहरुको आवाज सुन्नुहोस
इङ्कान्टरमा ऊ मारिएछ नै भने पनि
भोलि सारा सर्वहाराहरुले
सरकारको जयजयकार गर्नेछन
यदि, यदि यी तिनबाट कुराहरुमा एउटा पनि गर्ने सकिएन भने
भोलि हरेक दिन मान्छे मर्नेछन
र मरिरहनेछन ।

वर्तमानलाई बिनास गर्न आएको
अञ्जान पशु
एक नरपिपासु जनवार
अफगानस्थान पाकिस्थान जापान
अनि इरान लन्डन र जर्मन
अमेरिका र रसिया
अनि इन्डिया र कोरियाको
विश्वयुद्धको जवाफी हमलाभन्दा पनि
बढी बदलाभाव बोकेर
सिकन्दर अलक जेन्डर महान
जुलियस सिजर
हिटलर
अनि नेपोलियन बोलापार्ट झै
विश्वविजयको भागिदार हु
र म यो सिङ्गो संसार सखाप पार्छु
भन्दै वर्तमान बिनास गर्न आएको
एक अञ्जान अनि अजीव ईतिहास ।

यदि विज्ञानले ! यदि भगवानले
उसको साम्राज्यवाद
अनि उसको जर्जर्तालाई बर्खास्त गर्न नसकेमा
उसलाई आक्रमण गर्न नसकेमा
ऊ काल बनेर आउनेछ
अनि हाम्रो जमिन हाम्रो विशाल आसमान गगन अपहरणमा पर्नेछन

न्यायाधीष
र ज्योतिषहरू अकाल मरण मर्नेछन
अनि यो देशका होनाहार
कर्णधारहरू पनि परास्त हुनेछन
र यो सिङ्गोको संसारको हकदार ऊ हुनेछ ।

ऊ घोर विश्वबिनासक
ऊ कठोर राणाशासक
अनि ऊ एक खलनायक हो

उसको दानवतावादी दर्शन मात्रै पनि आज
यो संसारमा नदी सागर झै गरेर विश्वभर फैलिएको छ
उसले आफैले गरिरहेको आफ्नो पापको प्रचारलाई रोक्नुहोस सरकार
ऊ बुद्ध बिरोधी हो
अनि ऊ अहिले हातहतियारहरुको प्रदर्शन सहित
जन आन्दोलनहरुमा हाम्रो विरुद्धमा युद्ध लड्न
हर्दम तम तयार भएर बसिरहेछ
ऊ बुद्ध बिरोधी हो ।

उसको अध्यागमन र वारलाई प्रतिकार गर्नुहोस सरकार
ऊ एउटा सर्वसाधरण
र जोगिको भेसमा हाम्रो देशमा
फकिर भएर हाम्रो मन्दिरमा
पर्यटक झै पहिला टेकेर
सदाबहार घुम्न खोजिरहेछ
रोगीको निमेषमा
उसलाई चिन्नुहोस सरकार
उसको पहिचान गर्नुहोस भगवान
र हाम्रो देशमा उसको प्रवेश निसेध रहेको बताउनुहोस

उसलाई समाउनुहोस
इन्सपेक्टर साब
उसलाई समाउनुहोस
हामी निर्दोष छौ डाक्टर साप
हामीलाई बचाउनुहोस ।

रोक्नुहोस प्रभु !
छेक्नुहोस पर्मेश्वर
उसलाई हाम्रो देश नेपालमा पाहिला टेक्न नदिनुहोस
जनताहरू निर्धोस छन्
अनि ऊ उनीहरुको काल बनेर
अहिले अस्पतालमा आएको छ।

एकछिन पर्खिनुहोस
म उसलाई राम्ररी चिन्छु
बापतमा बरु डलर दिनु पर्दैन
म आफै उसको परिचय दिन्छु
मलाई उसको नामथर ठेगाना
अनि उसको सब ईतिहास थहा छ

ऊ देशद्रोही हो
ऊ देशको दुश्मन हो
ऊ खुङ्खार डन हो
ऊ विश्वबिध्वंसकारी हो
ऊ हतियारधारी
अनि ऊ अत्यासलाग्दो एक आतङ्गकारी हो ।

एकछिन पर्खिनुहोस
म उसलाई राम्ररी चिन्छु
तपाईंलाई म उसको जन्मकुन्डली दिन्छु
किनकि, मलाई उसको सब ईतिहास थहा छ

बौधिस्टहरुको बिनास गर्न !
सन्त्रास सहित सुरुमा
ऊ कम्युनिस्टहरुको देश चिनमा जन्मिएको थियो
र पछि विश्वको आधा जमिनमा फैलिएको थियो

र त्यो आतंककारीको नाम कोरोना भाइरस हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *