Skip to content
photo1

पवित्रताको प्रतिक प्रेम
अनुभूतिको माध्यम हो ।
जन्मको मूलस्रोत प्रेम
जिवन जिउने आधार हो ।।

जीवनको अभिन्न अंग प्रेम
भावनाको मिलन हो ।
दुख र पिडा भुलाउने प्रेम
सुखदुखको साथी हो ।

इमान्दारिता र विश्वासरुपि प्रेम
प्राणी मात्रको कला हो ।
न बाँध्न न जाँच्न सकिने प्रेम
सबैप्रतिको माया र सत्कार हो ।।

कसैलाई कष्ठ नदिने प्रेम
एक प्राकृतिक शक्ति हो ।
क्षणिक आकर्षण होइन प्रेम
एक विश्वासिलो आधार हो ।।

निश्वार्थ हुन्छ प्रेम
अजर अमर हो ।
पूर्ण स्वतन्त्र हुन्छ प्रेम
खोक्रो आदर्शभन्दा भिन्न हो ।।

न बेच्न न किन्न सकिने प्रेम
पाउनु मात्र होइन गुमाउनु पनि हो ।
कुनै भूगोलले छेक्न नसक्ने प्रेम
एकमात्र जिउने आधार हो ।।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *