Skip to content


मैले तिमीलाई अविश्वास मागेको होइन
म त आँसु आँसु भएर बाँचिदिएकी छु ।
किन यो जीवन उजाड लाग्छ ?

म आफैदेखि आफैलाई टाढा पाईरहेछु ।
समय पनि कस्तो पापी छ !

जीवनको खुशी खोसेर शून्यतामा हराइदिन्छ ।
मायाको त्यो सानो त्यान्द्रो,

मन भरि छटपटिरहन्छ ।
पीडामा जीवन दुखिरहन्छ ।

तिम्रो वेवास्ताको प्रहारले
जीवन छटपटिरहन्छ ।

आखिरमा मैले ठूलै घात पाएं ।
चिन्ताको चित्तामा जलिरहेछु ।

अव, म जीवन विर्सजन गर्न चाहन्छु ।
जीवनको अथाह पीडाबाट मुक्ति पाउन,

1 thought on “आँसु पिउँदै कति बाँच्ने?”

  1. हा! किन यस्तो बिरक्तलाग्दो
    हा! किन यस्तो बिरक्तलाग्दो कविता? अलि आशाले भरिएको र सकारात्मक कविता पनि लेख्नुस् न हो! भाव अलि गहिरिएर लेख्नुभो जस्तो छ। भन्न खोजेको कुरा प्रष्ट छ। कमभन्दा कम शब्दमा पुरै भाव देखाउनु राम्रो हो; तर अलिकति बेसी नै कम भयो जस्तो लाग्यो। पंक्ति-पंक्तिलाई जोड्ने शब्द (पंक्ति) अलि कम भए कि! समग्रमा राम्रो (तर अलि जटिल) लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *