Skip to content


दमौलीको नदी मादी, पारि जान परासर,
डुँगामा चढ्न लागेका, जान्छु भनी सरासर !

डुँगा थियो चलाएकी, माझी पुत्री त यौवना,
थियो आईरहेको नी, सुगन्ध मत्स्य बासना ।

पुग्दैगर्दा नदी बीच, फक्रेको पुष्प देखियो,
पुष्पित पुष्प देखेर, आतुर मन भैदियो !

बाचाबन्धन सम्झौता, गोप्य राख्ने कुरा सवै,
नदीको बीच ढिस्कोमा, जन्म्यो शिशु दमौलि मै !

द्वैपायन रह्यो नाम, दुई तिर नदी हुँदा,
कालो वर्ण भएकोले, कृष्ण द्वैपायनै सदा !

विद्वान वेद शास्रका, द्वापर कालका कुरा,
अष्टादश पुराण र, लेखक चार वेदका !

त्यसैले उनको नाम, वेद व्यास भयो अनि,
उनैको वन्दना गर्छौँ, पूर्ण श्रद्धा गरौ पनि ।

जन्मेको दिन हो आज, आषाढ शुक्ल पूर्णिमा,
उनैको नाम अर्पीयो, विश्वमै गुरु पूर्णिमा !

जीवनको अधेरोमा, उज्वालो झलमल्ल नै,
प्रकाश ज्ञानको छर्ने, गुरुप्रसाद एक नै !

नमन गुरु वर्गैमा, साष्टांग दण्डवत् गरी,
आशीर्वाद सदा रहोस्, ज्ञान सिन्धु डुवौ भनि।

—-पद्मराज काफ्ले
गुरु पूर्णीमा, आषाढ २०, २०७७ को पूर्व सन्ध्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *