Skip to content


रगतको खोलो बहेर आयो मुटु नै चिरियो
सपना राम्रो नदेख्दा त्यसै मन मेरो पिरियो

यी धर्ती माता कराउन थालिन् छातीलाई पिटेर
सम्झन थालिन् त्यो आफ्नो छोरो हातले टेकेर ।

यता र उता जति छन् सबै छहरा-पहरा
जेलिन थाले सम्पूर्ण जति देखिन्थे लहरा

शत्रुको काखमा मिचिन आफू क्यै दुःख नमानी
गएका हेर ती वीर सपूत थापेर ज्यानबाजी ।

तैपनि हामी गर्दैनौँ तिनको सम्झना किन हो
अहिले हामी स्वतन्त्र भयौँ तिनैको देन हो

स्वतन्त्र भई फूल्न र फल्न पाएका हुनाले
सराप लाग्छ सम्झना त्यसै मारेर जानाले ।

सम्पूर्ण मनका कल्पनाहरू र अन्य सपना
एकै ठाउँ भए वीरका हेर जपना-तपना

ती सबैलाई हामीले छिटै पारेर साकार
सन्तुष्ट गराऔँ ती वीरलाई हटाई हाकार ।

पाएका जति वीरत्व गति सबैलाई सन्तुष्टि
पार्नका लागि एकजुट होऔँ हुनेछ प्रगति

हामीले तिनलाई के दिन सक्छौँ वाणीका कोसेली
बिर्सेमा फेरि आउँछन् सहिद हालेर सुसेली ।

-रिडी विष्णुपञ्जर, गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *