वर्षौ बिते, बिति नै रहे
चित्रभावमा छचल्किदो छ आहृलादित दृश्य
स्मृतिले स्पर्श गर्दै झझल्किन्छ वर्तमान आँखाभरि
उमेरको उकालोसँगै कुपि्रएको ढाड, सेतै फुलेको कपाल
चाउरिएको अनुहारमा बान्की मिलेका बनावटी दाँतमा उजेलिँदै
अमृत वाणी वषर्ाउँदै मातृत्व-आभाष बग्ने
पुत्रीशोख बोकेकी मेरी हजुरआमा
प्रकृतिको सौन्दर्य शिल्पी चुहानडाँडा
प्रकृतिको सौन्दर्य शिल्पी चुहानडाँडा
प्रसिद्धी प्राप्त झिँगटी घरमा आमाको छायाँछविमा लुटपुटिँदै
सामिप्यको सुखद पल जीवन प्राप्तिको मीठो धून सिञ्चित
स्मृति वर्तमानमा टाँगेकी छु ।
हजुरआमाले मेरीआमाको रहर मसँग खोज्दै
सहयोगी हातहरूका आडमा सन्दुकको फग्लेँटो उघारेर
काठको बट्टा, पाटे थैली, छिटको रातो चोली
मिठाई र मिस्रीका टुक्राहरू
मेरा हातमा राखिदिनु भएथ्यो मायाको रङ भरेर
मेरो त्यो प्राप्तिको सुखद स्मृति वर्तमानमा टाँगेकी छु ।
समय छुट्यो निखार्दै आफूलाई
सम्झना झन्झन् गाँसिँदो छ
पलपल रित्तिएर निख्रन्छ समय आफूबाट
स्मृति भने छचल्किदो छ
झझल्को बनी आँखाभरि स्मृति वर्तमान टाँगेकी छु ।