Skip to content

खुकुरीको चोट

KrishnaTimilsina


खुकुरीको चोट कर्दलाई, कहाँ थाहा हुन्छ हजुर
जनताको मर्म नेतालाई, कहाँ थाहा हुन्छ हजुर

गरीबको माग केहो भनेर, उनैलाई सोध्छौ तिमी
बालुवाटारमा बस्नेलाई, कहाँ थाहा हुन्छ हजुर

राजनीति र प्रेम उस्तै उस्तै, भएका छन् यहाँ त
साथ के हो धोका दिनेलाई, कहाँ थाहा हुन्छ हजुर

उनले छोडेर जाँदा मुसुक्क, हाँसेर बसे मपनि
भित्री पीडा त तपाईंलाई, कहाँ थाहा हुन्छ हजुर

स्वार्थ मिले जुड्छन रे, ती टुटेका सम्बन्धहरु
सोझा तपाईं र हामीलाई, कहाँ थाहा हुन्छ हजुर

कृष्ण तिमील्सिना
कञ्चनरुप नगरपालिका १२, रुपनगर, सप्तरी

1 thought on “खुकुरीको चोट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *