Skip to content

निर्माताको अभिनय

BishalDewal


‘आर्टिस मोड, रोल, एक्सन’ निर्देशकले नायकलाई आदेश दिए । नायकले भने अनुसार दुई प्रतिशत पनि अभिनय गर्न सकेन ।

निर्देशक अवाक भयो । नायक बम्कियो ‘म निर्माता हुँ, मैले लगानी गरेको छु, जसरी हुन्छ त्यसरी मलाई रोल खेलाऊ, अरू कुरा म जान्दिनँ ।

आफू मिल्ने जोडी नभएकोले नायिकाले पनि म खेल्दिनँ भनेको अवस्था थियो । दर्शकहरू पनि नायकको अभिनय देखेर मुखामुख गर्दै थिए । उमेर, रुप, हाइट, रोल केही पनि नमिलेको नायकलाई निर्देशकले जवर्जस्ती आठ घण्टादेखि एउटै स्टेप रटाइरहेको थियो । दर्शकहरू दिक्क माने र आफ्नो–आफ्नो घरतिर गए । सुटिङ टिम निर्माताको अभिनयमा जोड दिइरहेका थिए ।

– विशाल देवल
राजबिराज नगरपालिका–१३, बिषहरिया भेल्ही, सप्तरी
मोबाइल नं : ९८२४७७१९३४
आबद्ध : सौगात क्रियसन फिल्मस् प्रा.लि., मिथिला फिल्मस् क्रियसन प्रा. लि.

2 thoughts on “निर्माताको अभिनय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *