Skip to content


आकाशभन्दा माथि पर्छ क्षितिजभन्दा पर
स्वर्गभन्दा पनि सुन्दर नेपाल मेरो घर
घामको झुल्के पहिलो किरण सुनको मेरो बिहान
दिउँसोभरि चाँदी फल्छ शीरको मेरो हिमाल

देश यति सम्पन्न छ हामी गरीब किन
भ्रष्टाचार नै पहिलो शत्रु लौन सबले चिन
पूरा गर कर्तव्य र आफ्नो जिम्मेवारी
भ्रष्टाचारले खाला देश गरौ रखवारी

लोभिपापी भ्रष्टाचारी नेता कर्मचारी
देश खोक्रो पार्ने अर्को कालो व्यापारी
खबरदारी गर्छौ पहिले लाउँछौ पछि डण्डा
भ्रष्टाचार गर्नु अघि पार दिमाग ठण्डा

बेला आउँछ पर्खदैन भ्रष्टहरू जान
लाउँछौ डण्डा हाल्छौ जेल नत्र भन्या मान
घुस हैन लिनेदिने हुन्न भुलचुक
भ्रष्टाचारी तिम्रो घाउमा थप्छौ नूनचुक

फिर्ता ल्याउँछौ विदेश लगी लुकाएको धन
धनको डकार आउँदैन ढुक्क पार मन
सप्तरंगी मयुर नाच्ने मेरो आँगनीमा
सुनको डाँफे डुलिरहने मेरो विहानीमा

राम योञ्जन
पोखरे, भोजपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *