एकपटकको कुरो हो । रामको स्कुलमा दसैँको छुट्टी भयो । दसैँको छुट्टी मनाउन ऊ मामाघर जान चाहन्थ्यो । उसले बाबुआमासँग ‘मामाघर जाने’, ‘मामाघर जाने’ भनेर किचकिच गर्न थाल्यो । बाबुआमाले पनि हुन्छ भन्नुभयो । राम भोलिपल्ट मामाघर जाने पक्का भयो ।
भोलिपल्ट बाबुआमासँग अनुमति लिएर ऊ मामाघरतर्फ लाग्यो । बेला-बेलामा मामाघर गइरहने हुनाले उसलाई साथी चाहिँदैनथ्यो । ऊ बस बिसौनीमा पुग्यो । त्यसैबेला उसले साथी हरिलाई देखेर सोध्यो – ‘ए हरि ! कता जान लागेको ?’
हरिले भन्यो – ‘म मेला हेर्न जाँदैछु ।’
तिमी नि ‘म मामाघर जान लागेको’ रामले भन्यो । रामको कुरा सुनेर हरिले भन्यो – कि जाउँ मेला हेर्न ! कस्ता राम्रा राम्रा कुरा हेर्न पाइन्छ ।
हरिले धेरैबेर सम्झाएपछि राम पनि मेला हेर्न जान तयार भयो । मेला नजिकैको बजारमा थियो । जाने बेलामा रामले र र्फकने बेलामा हरिले पैसा तिर्ने सहमति भयो । दुवै बसमा चढेर मेला भइरहेको ठाउँतिर लागे ।
रामले बसको भाडा तिर्यो । मेलामा हरिले रामको पैसाले खानेकुरा किनेर बाँडेर खायो । विभिन्न खेल पनि खेल्यो । रामसँगको सबै पैसा सकियो ।
फर्किने बेला भयो । हरिसँग त एकजनाको बस भाडा तिर्ने पैसा मात्र रहेछ । ऊ बसको टिकट काटेर खुरुक्क फक्र्यो । रामसँग पैसा थिएन । ऊ र्फकन सकेन । उसले यताउता हेर्यो । चिनेका कोही थिएनन् । नजिकै एकजना प्रहरी उभिरहेको रहेछ । उसले गएर प्रहरीलाई सबै कुरा भन्यो । प्रहरीले उसँग घरको फोननम्बर सोध्यो । उसलाई बाबुको मोबाइल नम्बर कण्ठै थियो । प्रहरीले नम्बर थाहापाएपछि फोन गरेर बाबुलाई सबै कुरा भन्यो । केही बेरमा नै बाबुआमा आइपुगे । रामको अनुहार हँसिलो भयो । उसले मनमनै हरिजस्ता छट्टु साथीहरूको कुरा सुनेर लहलहैमा नलाग्ने वाचा गर्यो ।
अनुप पोखरेल
दीपशिखा उमावि, घोराही, दाङ ।
bachhaharuko lagi dherai
bachhaharuko lagi dherai ramro chha.
im kamal singh from ghorahi
im kamal singh from ghorahi your story is very nice