Skip to content

लेख्नु पर्छ गजल

  • by


अहंकरले मान्छे फुल्या’ लेख्नु पर्छ गजल
मित्रतामा सुल हुल्या’ लेख्नु पर्छ गजल

एकालकाँटे मान्छेले कहिले चुम्यो सगरमाथा
घमण्डले सान चुल्या’ लेख्नु पर्छ गजल

मित्र घात आत्मा घात हो खडेरी मानवताको
त्यस्ताहरू हुन्छन् छुल्या’ लेख्नु पर्छ गजल

मानवताहिन ब्यासाहरुको जगजगी छ लोकमा
थाहै नपाई भित्र घुल्या’ लेख्नु पर्छ गजल

Leave a Reply

Your email address will not be published. Required fields are marked *