Skip to content

तिम्रो मनको मशानघाटमा जलाई देउ मलाई
तिमीलाई गार्ह्रो हुन्छ भने सलाई देउ मलाई

हासो खुशी माग्दा माग्दै दु:ख पिडा झोली भरी
भिकारी भई आए भस्म दलाई देउ मलाई

तिम्रो एक मुस्कानमा झुन्डिएको मेरो परान
पासो तिमीलाई के को खाँचो मलाई देउ मलाई

मृत्‍युसँग पलपल बिना अर्थ साँढे जुधाइ
लेउ खुँडा ताक घाँटी ढलाई देउ मलाई

6 thoughts on “गजल”

  1. अनुभब जि,
    निराशाले चरम बिन्दु

    अनुभब जि,
    निराशाले चरम बिन्दु छोएको भए पनि यँहाको गजल, शब्द सम्योजनको दृस्टिले उत्कृष्ट लाग्यो ।
    लेख्दै गर्नुहोला ।

    निर्मला थापा,

  2. Anubhav sir, dherai pida ra
    Anubhav sir, dherai pida ra bedana ma dubnu bhayena ni. khuda ko nam sundai daar lagyo malai ta….. pleaseeeee

    Nepoleon

  3. धन्यवाद निर्मलाजी प्रतिकृयाको
    धन्यवाद निर्मलाजी प्रतिकृयाको लागि…….पछिल्लो पटक अली बढी नै प्रणयपरक गजल लेखन भएकाले धार परिवर्तन गर्दै जादा निराशाले चरम बिन्दु छोएको यो गजलको जन्म भयो।

  4. अब यो मर्नु मर्नु भन्दा आर्की
    अब यो मर्नु मर्नु भन्दा आर्की सँग माया लगाउ, तेसो गरे कसो होला ?

  5. हजुर को sabai गजल मलाइ किन
    हजुर को sabai गजल मलाइ किन हो कुन्नि अनि नै मन पर्छ

    मैले पनि कति गजल का नियेम हरु हजुरको गजलबाट सिक्ने मौका पाउछु

    एक एक शेर ले मनमा गजल को महफिल मा रमाएको भान हुन्छ

    सुभकामना स्विकार्नुहोला आउदा दिनहरुमा अलि चाडो नै padna पाइयोस

    kata paaso paaiyo bhane malaai pani bhannuholaa yeutai dori paso lagam bho??

    तिम्रो एक मुस्कानमा झुन्डिएको मेरो परान
    पासो तिमीलाई के को खाँचो मलाई देउ मलाई

  6. नेपोलियन जि, मनोज जि र अतिथी
    नेपोलियन जि, मनोज जि र अतिथी मित्र, सबै लाई प्रतिकृयाको लागि धन्यवाद……… अनी मनोज जि हजुरले बर्षाएका फूलका थुङ्गाहरु मनकोमन्दिरमा सजाएर अझ बास्नादार बनाउने कोशीस गर्ने छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *