खहरे खोला
रमाउँदै भेलमा
डाँडा उक्लेछ
झरी परिरहयो
साउनको बेलामा
फेवातालमा
माछापुच्छ्रेको छाँया
नवायौवना
रमाइरहेका छन्
कल्कलाउदो पानीमा
खोलाकोतिर
जाल हान्नेको ताँती
माछा सकिए
बढ्दो मान्छेको चाँप
ल्याउला र खाउँला
जंगल बीच
झ्याउँकिरी आवाज
मन डरायो
सुनसान ठाँउमा
तालतलैयाहरु
बेच्नेको भीड
असनका गल्लीमा
सस्तो सामान
जतातै वसेका
किन्ने भएनन्
एकलव्य राज
बयरवन ३ हरकपुर मोरङ्ग
हाल नवोदित साहित्यिक वाचनालय दोहा कतार