एकपटक त मरिसकें, बाँच्ने कुनै रहर छैन
आफ्नै शरीर बढी भयो, बेचिदिन सहर छैन
ग्राहक आउँछन् किन्न भनी, उधारैमा दिए मात्र
आँसु आउँछ जिन्दगीमा, बगिजाने नहर छैन
दुःख बेची खुसी किन्ने, ग्राहक ढोका ढोका आए
किन्नलाई त किने दुःख खुसी बेच्न लहर छैन
तारा गन्दै ईश्वरसँग ग्राहक माग्न गए
बिहान पख आउने ग्राहक, बिहानीको पहर छैन
रामेछाप गेलु ९, नाटिला