प्यारो लाग्छ हामीलाई
आफू जन्मेको यो देश
थरीथरीका छन् यहाँ
आˆनै भाषा र भेष ।
गौतम बुद्ध जस्ता
शान्तिका अग्रदूत जन्मे यही देशमा
गोर्खालीमा वीरता झल्किन्छ
यही राष्ट्रिय भेषमा ।
आˆनै देशका सन्तान
सहिद बनेका छन्
जननीको आशीर्वादले गर्दा
दुश्मनलाई हराएका छन् ।
आफू जन्मेको देशको
सुन्दरता मनपर्छ हामीलाई
बस्नुपर्छ हामी सबै नेपाली
यही देशमा पौरख चलाई ।