Skip to content

चेलीलाई चिठ्ठी

  • by

घुमेर फेरि आयो है तिहार  मनाउन पाइन
चेलीको हातको भाइटिका पनि लगाउन पाइन
के गरौ चेली दुखिया जीवन गरीब भइयो
बाल बच्चा पाल्न मुस्किल भयो साहुको ऋण काडियो
सावाँ ब्याज गरी वर्ष र दिनमा पार्दथ्यो दोब्बर
के गर्नु भन त्यो बेला मैले घरमा बसेर?
 
तिहारको बेला आगनी डिल सयपत्री फुलेर
भन्दिहुन् चेली आएन माइती गयो कि भुलेर
गाई घरमा सानु दूध दिन्छ मानो दुधेरो चुहिन्छ
सम्झेर ल्याउदा हे मेरी चेली मन मेरो रोइरहन्छ
 
बारीको डिल खरुकी घास साहू आई काट्दथ्यो
त्यो चर्तिकाला साहुको देखी मन मेरो फाद्थ्यो
म आएँ चेली बिदेशी माटो दासता स्वीकार्न
साहुलाई थैलो बुझाई आफू ऋणबाट पार हून
 
स्वदेसमा बसी केही गरौ भन्ने थियो नि मनभरि
आफ्नो चाहिं मान्छे केही गर्छ भन्ने परेन कही पनि
जागीर खान फुपाजू, मामा भिनाजु चहिन्छ रे
आफ्ना चाहि मान्छे  त्यो ठुलो पोस्टमा भएनन केही गरे
 
नरोई बसे सम्झेर माइती लिएर धीरज
परदेशी माइती गाउँघर सम्झी एक दिन फिर्दछ
चाडपर्व आयो केही छैन घरमा बाल बच्चा पिरोल्थे
चिची र नाना सेल रोटी भनी बेसकन रोइरहन्थे
 
नआए हुन्थ्यो चाड र पर्व भन्थे नि पहिले म 
जोगाउनु पर्छ संस्कृति आफ्नो भन्दैछु अहिले म
दुई चार साल परदेश हुँदा भुल्यो कि नभन
देशको प्रेम गाउँघरको माया घरको सम्झना

लखनपुर ३ झापा
नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *