Skip to content

अचानक समयले नयाँ मोड़ लिए जस्तो
शिशिरमा पनी बशंती बहार आए जस्तो

चित्त दुख्दा कता कता हांसू हांसू लाग्ने
आशुं भित्र सुटुक्क मुस्कान उम्रे जस्तो

अँधेरी रातमा पनि एक्लै एक्लै घूमूं लाग्ने
आफैं भित्र कताकति काउकुती लागे जस्तो

नचिनेको मान्छे पनी आफन्त झै लाग्न लाग्यो
शदियौं देखिको पुरानो नाता हाम्रो भए जस्तो

कतै कंही जांदा पनी कसैलाई खोजी हिड्ने
तिर्खाएको ककाकुलले पानी खोज्न उडे जस्तो

आफ्नै तन कताकती असजिलो लाग्न लाग्यो
यस्तो भान हुनलाग्यो मलाई बैंश आए जस्तो

6 thoughts on “बैंश”

  1. Asanka jee dherai damdaar
    Asanka jee dherai damdaar dinubhayo “BAISA” , tapaiako rachanaale ta ek choti sabaiko bais nai lyaaune paryo, keep it up. yasaree saahityamaa baisa aairahos

    thanks

  2. सारै राम्रो कबिता,
    गजल होईन

    सारै राम्रो कबिता,
    गजल होईन दुख नमान्नुहोला
    किन भने गजलको मुतु मानिने काफिया यसमा छैन
    जो लास्तको जस्तै शब्द छ त्यो त रदिफ हो
    त्यो भन्दा पहिलेका शब्दहरुमा काफियाको गंद नै आएको छैन,
    लीए,आए,उम्रे,लागे यी शब्दहरु यात यो भन्दा पहिलेका शब्दहरुमा मिलेको काफिया छैन त्यसैले राम्रो कबिता बनेको छ…

    अर्को चोटी लेखौंला बाँकी…

  3. शशांक जी
    दुख्ख नमान्नु होला

    शशांक जी
    दुख्ख नमान्नु होला हजुरको गजल मा सब्द भाबुक छ तर कफ़िया मिले जस्तो लागेंन येतातिर अलि ध्यान दिनुपर्ने भयो Gajal niyem ma ali bhayena ki?????

    लिए जस्तो
    आए जस्तो
    उम्रे जस्तो
    लागे जस्तो
    भए जस्तो
    उडे जस्तो
    ……………………………

  4. धन्यवाद बाकी सब्दलाई थाती
    धन्यवाद बाकी सब्दलाई थाती राखेर जाने मित्रलाइ
    अनि मनोज जी लाई मेरो गल्ति देखाईदिनु भएकोमा म पनि तेत्तिसारो गज़ल जान्ने पनि नभएर यस्तो हुन पुगेको हो
    सकेसम्म प्रयास गर्नेछु अरु सृजनालाई गज़ल बनाउने र अरु सृजनालाई पनि नज़र अन्दाज गरि दिएर गल्ति औल्याई दिनु भएमा आभारी हुने थिंए ! धन्यबाद फेरी एकपटक !
    अनि बीजे सर लाई पनि धन्यबाद छ

  5. आशांक जी, हिड्ने मान्छे
    आशांक जी, हिड्ने मान्छे लड्छ!दुख नमनिकन सुधार्दै जानुस्
    यहाँको मेहनत र गजलले दिन खोजेको भाव राम्रो छ।
    हुनत भन्न जति सजिलो छ गर्न उतिनै गार्हो छ!
    समयले मन्छेलाई सिकाउँदै लानेछ होला शायद ,धन्यबाद
    तर कलम चलाउँन न छोड्नु होला!
    यहाँलाई मेरो तर्फबाट कामना यिही छ!!!
    गीता

  6. malai ta sathiharuko sujhable
    malai ta sathiharuko sujhable ajha dherai hausala mileko chh
    ani sujhab dinuhune sathiharulai feri pani muri muri dhanyabad dina chahanchhu
    ani geeta ji tapailai pani mero hoste lai haiseko utshaha badhai dinu bhayako ma

Leave a Reply

Your email address will not be published. Required fields are marked *