Skip to content


दुनियाले देखिरा’छन् कालो कालो कर्म तिम्रो
जनतालाई धोका दियौ कता गयो शर्म तिम्रो

आत्मा तिम्रो दुर्गन्धित गनाई’राछ चारैतिर
जति सजाउ अत्तरले सुन्दर त्यो चर्म तिम्रो

गरिबलाई मारी तिम्लाई कहिल्यै भलो हुनेछैन
अलिकति बाँकि छैन कता गयो धर्म तिम्रो

तिमीलाई प्रतिनिधि छान्नु भयो ठुलो भूल
मनभित्र कालो रैछ के थाहाथ्यो मर्म तिम्रो

सर्बहारा जनताको कति शोषण गर्छौ अझ
एकदिन सबै जग्छौँ तिरिदिन पर्म तिम्रो

4 thoughts on “नेताजीको वास्तविकता”

  1. नेता जी
    नेता जी ………………!!!!!!!!!!!!!!!!!!
    एकल यात्री को कुरा मनमा राखनुस कुनै दिन हामीले पर्म तिरेर छोड्नेछौ
    एकलयात्री जी राम्रो गजल को लागी सुभकामना छ !

    दुनियाले देखिरा’छन् कालो कालो कर्म तिम्रो
    जनतालाई धोका दियौ कता गयो शर्म तिम्रो

    राम्रो गजल !!!!!!

  2. akal yatri ji kabita ramro
    akal yatri ji kabita ramro chh,

    सर्बहारा जनताको कति शोषण गर्छौ अझ
    एकदिन सबै जग्छौँ तिरिदिन पर्म तिम्रो
    bantawa “mridu”

  3. एकल यात्री

    धन्यवाद मनोजजी, अनुभवजी र
    धन्यवाद मनोजजी, अनुभवजी र minabantawa जी लाई
    तापैन्हारुको माया र सद्भाव पाएँ भने अझै राम्रो गजल बन्छ होला
    thanx

Leave a Reply

Your email address will not be published. Required fields are marked *