Skip to content

झूठो कसम लौ मलाई चाहिँदैन

झूठो कसम लौ मलाई चाहिँदैन
दुईदिन हँसाइ जूनीभर
रुवानँलाई पाइँदैन
माया होइन पिपुलु पात झैँ
जता हावा उतै बसाइ सरे झैँ
बनकि चरीलाई झुठो जालमा नपार्नु
हजुर अर्काकी छोरीलाई
अल्लारे बंशैमा हुन्न भन्छन मनको भर
मन आफ्नो पराइको हुन्छ डर
सोंची सँम्झी लगाउँनु माया
जूनीजूनी नटाँढियोस है छायाँ
सिन्कीको अचार पहिला
माया हजुर पछि नगर्नु बिचार
सितलु छायाँमा हाँसीहाँसी जूनी
बित्योस हजुरकै मायामा

गीता थापा (दोषी)
ईजरायल

2 thoughts on “झूठो कसम लौ मलाई चाहिँदैन”

  1. बनकि चरीलाई झुठो जालमा
    बनकि चरीलाई झुठो जालमा नपार्नु
    हजुर अर्काकी छोरीलाई
    Nice lokgeet wao………………… Geeta ji jharlakka jawaniko yaad aayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *