अस्तित्वनै गुमाएछु परदेशको बसाइमा
घायल बनी लडेकोछू आफ़न्तको डसाइमा
यसो गर्रै जस छैन उसो गर्रै पनि उसै
कसो गरी टाउको उँडाऊँ अहंकारको घसाइमा
मन मुटु बन्धकी भो तन भने लिलाममा छ
बड़ा बड हुन्छ कि त साहूमाहाजनको कसाइमा
जे गरे नि स्वीकार छ बिक्नु नै छ गरिबले
कती बाँच्नु घृणा खाई समाजको खासईमा
लखनपुर ३ झापा ,नेपाल