Skip to content

कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा

अध्यारोमा अगाडी बाटो छैन उसको
खाली हात पुर्पुरोमा हुन्छ शहरमा

भविस्य निर्माणमा लागि पर्दा उसले
पाइन्छ कि कतै आशा बुन्छ शहरमा

बगाएर पसिना जहान पाल्नेको
तै पनि राम्रै सपना बुन्छ शहरमा

मोति बटुली उसको कसले किन्न सक्छ ?
मुहार भरी आँशुले धुन्छ शहरमा

सन्तोषको स्पन्दन गज़ल संग्रह “स्पन्दन”बाट निकालिएको गज़ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *