Skip to content

पछि लाग्छौ किन


मेरो तिमी कोही हैनौ फेरि पछि लाग्छौ किन
म अर्कैकी संगीनी हुँ तिमी मलाई माग्छौ किन ?

तिम्रा लोभी नजरमा मलाई सार्न छोड अब
सम्भब छैन तिम्री हुन ब्यर्थै मलाई ताक्छौ किन ?

मेरो कुनै मोडमा पनि बार बनेर न आउ अब
मेरो संसार सुनौलो छ तिम्रो मनमा राख्छौ किन ?

मलाई छैन तिम्री हुनु जीवन भरी रुन्छु बरु
मेरो निम्ति बेहाल हुँदै रात भरी जाग्छौ किन ?

गर तिम्रो सुर अन्तै मेरो बाटो छेक्ने हैन
बिना कारण मेरो पिरले भित्र भित्रै थाक्छौ किन ?

मेरो तिमी कोही हैनौ फेरी पछि लाग्छौ किन
म अर्कैकी संगीनी हुँ तिमी मलाई माग्छौ किन ?

इन्दिरा कुईकेल
दोहा कतार

1 thought on “पछि लाग्छौ किन”

  1. गजलतिर्थ(यात्री)पौडेल
    तिर्थ(य

    गजलतिर्थ(यात्री)पौडेल
    तिर्थ(यात्री)पौडेल
    गजल
    देउरालीको बाचा सम्झी तिम्रो पछी लागे सानु
    अर्कैसित लागे पनि तिम्रै हात मागे सानु,

    अतितको रंगिन पल संगै खेल्या मनभरी
    सम्झनामा आइ रयो रातैभरि जागे सानु

    तिमि भन्छौ छोड मेरो पछी लाग्न आजै देखि
    यो मनको मन्दिरमा तिमी मुर्ति राखे सानु,

    अर्को को हो मेरी देबी मन्दिरबाट चोरि गर्ने
    भन् तिमि कसो गरौ उसलाई मैले दागे सानु,

    देउरालीमा बाचा कसम संगै जिउने खाए पछी
    किन रोज्यौ अर्को मान्छे तिम्रो राय मागे सानु,
    लखनपुर,३ झापा,नेपाल,
    हाल;बहराइन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *