Skip to content

त्यसैले त तिमीले……..

  • by


मेरो घरको झुपडीको बास मन परेन होला
त्यसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
त्यसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।
 
 
मट्टितेलमा बाल्ने बत्ती मन परेन होला
त्यसैले त शहरको उज्यालो बिजुली रोज्यौ
चोखो माया बाहेक के नै थियो र तिमीलाई दिन
त्यसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ । 
 
 
पैदल हिंड्न तिमीलाई थकाई लाग्यो होला
त्यसैले त सरर गूड्ने मोटर बाइक् रोज्यौ
तिमीलाई पैसै ठुलो रहेछ म सोझोलाई के थाहा ?
त्यसैले त तिमीले धनमाथि नाता जोड्यौ । 
 
 
गुन्द्रुक र धिडो तिमीलाई  मन परेन होला
त्यसैले त चिकेन तन्दुरी, मटन् बियर व्हिस्की रोज्यौ
यिनै यिनै चिज नपुग रहेछ र पो ममा
तिमी र म बिचको नाता सधैंका लागि तोड्यौ

रामु गैरे
अर्घाखाँची चिउरामाटी
हाल : दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *