Skip to content

झर्ने त्यो फूल भएछु


शृष्टिको भुल भएछु ।
झर्ने त्यो फूल भएछु

जस्ले पनि तिर्खा मेट्ने
पानीको मूल भएछु ।

नबिझाऊँ भन्छु तर
तिखालु शूल भएछु।

सन्तोष गर्छु यसैमा
तार्ने त्यो पूल भएछु।

ध्वजा,ध्वजा च्यातिएको
पूजाको तूल भएछु ।

(८ /८ अक्षरमा निर्मित गजलको प्रयास )

2 thoughts on “झर्ने त्यो फूल भएछु”

  1. प्रभाजी मिठो गजलका लागि
    प्रभाजी मिठो गजलका लागि धन्यवाद । गजलले मन छुदा त्यही गजलले अर्को गजलको जन्म हुन पुगेछ । अन्यथा लिनुहुनेछैन भन्ने विश्वाश लिएको छु ।

    सृस्‍टिको भूल भएकै राम्रो
    झर्ने त्यो फूल भएकै राम्रो

    त्यही त सृस्‍टिको प्राण थाम्ने
    पानीको मुल भएकै राम्रो

    घोच्नलाई मन बिश्वासघातिको
    तिखालु शुल भएकै राम्रो

    माझिमा दम्भ बढ्दैछ आज
    तार्ने त्यो पुल भएकै राम्रो

    ढुङ्गामा देउता खोज्नुभन्दा त
    पूजाको तुल भएकै राम्रो

    शिव सस्मित
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *