Skip to content

छाडी उनले साथ्

लोकगीत
आको मुग्लान सम्पति कमाउन
भाबि जीबन उनि संगै रमाउन
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गर्यो मलाई घात्…..

दुइ दिन भा थियो म भाको टाढा
गईन उनि काटेर नौ डाडा
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गर्यो मलाई घात् …

कुरे र मै बस्छु भने थि
फोन गर्दा नि भेट्ने दिन गने थि
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गर्यो मलाई घात् ………

छुट्ने बेला रुना नि रो कि थि
देउता भनि पाउ मेरो छुको थि
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिनी मायाले गर्यो मलाई घात् ………..

चिन्ता छैन अरुसंग गाकोमा
दुख ला छ ट्यापे पोइ पाकोमा
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गर्यो मोलाई घात् …………

जान पनि गएछन ट्यापेलाई
सुर न तालको गीत गाउने र्यापेलाई
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गरि मलाई घात्

जे हुनु भै हाल्यो हुनलाई
कहिले पनि उनि नपरोस रुनलाई
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गरि मलाई घात् ….

छाडे पनि म दुखीको साथ
अटल रहोस ति दुइको जोडा हात
छाडी उनले साथ्
आफ्नु दिल सम्झिने मायाले गरि मलाई घात्..

म नि अब फर्किन्छु घर
कसको लागि कमाउनु यहाँ छ र
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गरि मलाई घात् ………

म नि अब फर्किन्छु घर
कसको लागि कमाउनु यहाँ छ र
छाडी उनले साथ्
आफ्नु मुटु सम्झिने मायाले गरि मलाई घात् ………

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार.!

Leave a Reply

Your email address will not be published. Required fields are marked *