साथी विवशतालाई बिर्सिदेऊ
पीरहरुलाई पन्साइदेऊ
ह्दयका व्यथाहरुलाई
एक-एक गरी हटाइदेऊ ।
साथी घरको सम्झनाले सताइदिए
हठात हाँसोमा साँटिदेऊ
विगतका दिनहरु बल्झिदिए
विरानो कथा सम्झिदेऊ ।
नत्र साथी,
तिम्रो मूल्यवान आँसुलाई
पानीसरह मान्नेछन्र
बिदाइको हिक्कालाई
मिलनको खित्का ठान्नेछन् ।
शुभकामना राख्छु युगयुगान्तरलाई
अन्धकारले नछेकोस् बिचैमा
सम्झना आलो ह्दयमा
उज्ज्वल भविश्यको शुभकामना ।
पम्फावती गुरुङ्गनी दार्जालिङ ।
नेपाली साहित्य सम्मेलन दार्जालिङको सह-सचिव हुनुहुन्छ ।
गङ्गोत्रीका छालहरू – नोमेम्भर २००८ पेज नं.११ बाट
नारीप्रधान। नारीको मनोभाव र
नारीप्रधान। नारीको मनोभाव र वास्तविकता केला’को छ यस कविताले!