Skip to content

गर्नु गर्र्यौ दैव तिम्ले टुलुटुलु हेरेर

गर्नु गर्र्यौ दैव तिम्ले टुलुटुलु हेरेर
मैले आँशु पिउँदा’स्वाद’तिम्ले फेरेर

जुटाउने र छुटाउने तिम्रै काम रैछ
भन्’के’पायौ तिम्ले कर्ममेरो फोरेर

निर्धय नहुनु दैव त्यति साह्रैपनि तिमी
जोआफैले दिएको खुशी’आफैले चोरेर

दैवतिम्रो मन पनि साँचै पथ्थर रैछौ
नाच्दै हिड्यौ दुईमुटुलाई’बिचैमा चिरेर

केहिभूल छैन उसको सबै भूल तिम्रै हो
यो निधार भरि अभाग,तिम्ले कोरेर

राज लामा
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *