Skip to content


दशैंको बेला नरुनु आमा परदेशी सम्झेर
बुझाउनु मन कर्मको खेल यस्तै हो भनेर

घरको दुख सम्झेर आमा म श्रम बेच्दैछु
बिछोडको पीडा आँशुको मसी सन्देश लेख्दैछु

ती चेली आउलिन् खै दादा भनी पछ्यौरी समाउलिन्
हेरेर तस्वीर मोती झैं आँशु टप्लक्क खसाउलिन्

भन्दिनु आमा मखमली माला उनेस है तिहारमा
आशिस भरी सप्तरंगी टिका लाइदिन्छ निधारमा

देशमा शान्ति, संबिधान जारी, समग्र बिकास
आउने र जाने सबैलाई आमा यही दिनु आशीष

विजया दशमी
रियाद

3 thoughts on “दशैं”

  1. लोकलयमा साह्रै मार्मिक कविता
    लोकलयमा साह्रै मार्मिक कविता लिएर देखा पर्नुभो विमलजी, धेरै पछि। झल्याँस्स मुनामदन सम्झिएँ।

    मार्मिक कविताको लागि धन्यवाद छ। दशैंको शुभकामना!

  2. देशको अमनचयनको प्रार्थनामा
    देशको अमनचयनको प्रार्थनामा समाप्त हुनपुगेको कविता मार्मिक लाग्यो
    कलमले देश बोल्नुपर्छ
    कलमले पहरा फोर्नुपर्छ
    कलमले कसिँगर बढार्नुपर्छ
    विमल गौतमजीको कलमलाई जदौ

  3. मेरो दसैँ को यस गीति कविता
    मेरो दसैँ को यस गीति कविता लाइ मन पराइ प्रतिक्रिया दिनुहुने मित्र हरु लाइ अन्तर हृदय देखि धन्यवाद .

Leave a Reply

Your email address will not be published. Required fields are marked *